Section 54
दायरी मुद्दा मामिला सार्ने र दोहोर्याई हेर्ने
यो दफा प्रारम्भ हुँदाको मितिसम्म देहायको विषयमा सर्वोच्च अदालत बाहेक अरू कुनै अड्डा वा अदालतमा दायर भै छिन्न बाँकी रहेको जति मुद्दा यो दफा प्रारम्भ भएपछि तोकिएको अदालतमा सर्नेछ र सो अदालतबाट कारवाई र किनारा हुनेछः–
(क) मोहीयानी हकको तेरो मेरो,
(ख) मोहीयानी हकको प्राप्ति वा निष्काशन,
(ग) कूत सम्बन्धी,
(घ) अरूको नाउँबाट भोगेको जग्गा सम्बन्धी,
(ङ) किसान र खेतीहर मजदूर ऋणी भएको लेनदेन, र
(च) माथि लेखिएको मुद्दाबाट उठेको अरू मुद्दा ।